नवलपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ अत्याधिक मत सहित महासमिति सदस्यमा निर्वाचित भएका छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाकाे १४ औँ जिल्ला अधिवेशन बाट महासमिति सदस्यमा अत्यधिक मत सहित गाेर्खाली प्रथम भएका हुन । उनले ३८५ मत प्राप्त गरि सिन्धुपाल्चाेक जिल्ला निर्वाचन क्षेत्र नं २ बाट बिजयी हासिल गरेका हुन ।

महासमिति सदस्यमा गाेर्खाली संगै बंशलाल तामाङ ३७८ मत, निमाग्यल्जेन शेर्पा ३३७ मत, बिकास लामा ३०६ मत र भरत खडकाले ३०५ मत प्राप्त गर्दै निर्वाचित भएका छ ।

गोर्खाली पछिल्लो समय सिन्धुपाल्चोकमा लोकप्रिय नेताको रुपमा चिनींदै आएका छन । सामाजिक काम लगाएत शैक्षिक संस्थाहरुमा आर्थीक तथा भौतीक सहयोग गर्दै आएका गाेर्खालीले जिल्लाका विभिन्न विद्यालयहरुमा सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!