पाँचपाेखरी । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पाँचपाेखरी थाङपाल गाउँपालिकामा पाँचपोखरी प्राथमिक अस्पताल बनेकाे छ । अस्पताल बनेर सेवा पाउन थालेपछि स्थानीयलाई सहज हुने भएकाे छ ।

यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडौँ गएर उपचार गराउन बाध्य स्थानियहरू गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा खुसी भएका छन । पाँचपाेखरी ६ का बलबहादुर आचार्यले भने’, मलाई दमकाे समस्या थियाे, यसअघि मेलम्ची, धुलिखेल र काठमाडौँ गएर उपचार गर्नुपर्ने थियाे अहिले गाउँमै सेवा पाउँदा हर्षित छु’ ।

कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित यस अस्पताल लाई अहिले प्राथमिक अस्पतालकाे रूपमा सञ्चालन गरिएकाे हाे । सीमित स्रोतसाधन र जनशक्तिबाट अहिले पनि कोभिडसँगसँगै अन्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा सोनाली खतिवडाले जानकारी दिए ।

पाँचपाखोरीका आठवटै वडामा सुविधासम्पन्न सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) को व्यवस्था समेत गरिएकाे अध्यक्ष टासी लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!