हेलम्बु । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताए ।

आज मंलबारबाट आयाेजना ठप्पै गराउने निर्णय गरेको तामाङले जानकारी दिए । सोमबार मेलम्ची नगरपालिका ६ तालामाराङमा भएको कार्यक्रममा पूर्व मन्त्री एवम् सांसद शेर बहादुर तामाङले असार १ गते आएको बाढीबाट मक्त हुन ढिला भइसकेको बताएका थिए । उनले भने’, बाढी गएको लामो समय वित्तिसक्दा पनि सरकारले प्रभावितहरुको पुर्नस्थापनामा ध्यान दिएन’ ।

लामो समय देखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको र जति ज्ञापन पत्र बुझाउदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको भन्दै राज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निर्णय भएको हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका अर्जुन भण्डारीले जानकारी दिए ।

यसअघि पनि समितिले विभिन्न माग अगाडि सार्दै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!