
काठमाण्डाै । नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती जंग बहादुर लामालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले शुभकामना दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले शुभकामना दिएका हुन ।
‘श्री जंगबहाढुर लामा ज्यू, नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय नेपाल ‘, शुभकामना सन्देशमा भनिएकाे छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्लाकाे १४ औं जिल्ला अधिवेशन बाट ९१२ मत प्राप्त गरि सभापतीमा जंग बहादुर लामा निर्वाचित भएका थिए ।