
नवलपुर । १० करोडकाे लिफ्ट खानेपानी आयोजनाले ईन्द्रावती १० काे ५०० घर लाभान्वित हुने भएकाे छ । JAFS को सहयोगमा निर्मित लिफ्ट खानेपानी आयोजनाले इन्द्रावती १० का सम्पुर्ण बस्तीहरु लाई समेटेको वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारि दिए ।
ईन्द्रावती गाउँपालिका वडा नं १० मा JAFS को सहयोगमा निर्मित लिफ्ट खानेपानी आयोजनाको हस्तान्तरण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष मगरले भने ‘इन्द्रावती १० को पुछार झ्याँडी खोला देखि बोरिङ गरि लिफ्ट मार्फत इन्द्रावती १० को पर्यटकीय स्थल बुढिचौर सम्म पानी लिफ्ट संचालनमा आएको छ र परियोजना बाट ५०० घर धुरी लाभान्वित हुने छन’ ।
कुल १० करोड लगानीमा JAFS संस्थाले ३ बर्ष अघि देखि लिफ्ट परियोजना कार्यक्रम संचालनमा ल्याएको थियो । बुधवार एक कार्यक्रमका बिच JAFS संस्थाको तर्फबाट JAFS/AFS का अध्यक्ष नोरिको आचुताबाट इन्द्रावती १० को बुढिचौर खानेपानि उपभोक्ता समितीका अध्यक्ष लिलामणी आचार्यलाई परियोजना हस्तान्तरण भएको हो ।
यस परियोजनाले पिउने पानी मात्रै नभइ इन्द्रावती १० का घर परिवारलाई कृषि मार्फत जिबिकोपार्जन गर्न पनि सहयोग पुग्ने वडा अध्यक्ष मगरले जानकारी दिए ।
कार्यक्रम इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको प्रमुख आतिथ्यता भएकाे थियाे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पुर्ब सदस्य एवं काँग्रेस युवा नेता सुदर्शन आचार्य , इन्द्रावती १० का वडा अध्यक्ष जीवन कुमार थापा मगर, कार्यपालिका सदस्य मनकुमारी तामाङ, नेपाल सिक्षक संघका पुर्व केन्दिय सदस्य रुद्रलोचन आचार्य राजनैतिक दलका पार्टी प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरु एवं स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेकाे थियाे ।