चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका सभापती पदका प्रत्यासी तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेस जिताउन आफु सिन्धुपाल्चाेककाे १०३ वटै वडामा जान तयार रहेकाे बताएका छन । सिन्धुपाल्चाेक जिल्लालाई नेपाली कांग्रेस मय बनाउन जुनसुकै कदम चाल्न तयार रहेकाे बताए ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे नव निर्वाचित जिल्ला कार्यसमितिकाे प्रथम बैठक तथा घर घर जाऔँ कांग्रेस जिताऔँ अभियान शुभारम्भ कार्यक्रममा मन्तब्य राख्दै तामाङले स्थानिय सरकार कांग्रेसकाे बनाउन जरूरी रहेकाे बताए ।

जनता कांग्रेसलाई भाेट हाल्न तयार रहेकाे समेत उनले धारणा राखे । ‘जनता कांग्रेसलाई भाेट हाल्न तयार छन तर कांग्रेस सच्चिन जरूरी छ, जिल्ला कार्यसमितिले तत्काल अनुशासन आयाेग गठन गर्नु जरूरी छ । बर्षाैँ सम्म कांग्रेसकाे झण्डा बाेकेर हिँड्ने र चुनावकाे दिन कांग्रेसलाई भाेट नहाल्ने लाई कारबाहि गर्नुपर्छ’, तामाङले भने ।

‘स्थानिय तहकाे निर्वाचनमा हाम्राे लाई नभनी राम्राेलाई टिकट दिन जरूरी छ । सबै मिलेर एकतावंद्व भएर जाने हाे भने कांग्रेसलाई हराउन कसैले सक्दैन’, तामाङले थपे ।

‘जिल्ला सभापतीकाे दाैडमा जाँदै गर्दा नम्बरकाे गेम जित्न नसकेर हामी हारेउँ । याे केबल नम्बर मात्रै हाे । हामी सबैकाे जित भएकाे छ ‘, तामाङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!