कुन्चाेक । नेकपा एमालेले जवर्जस्ती टाेल कमिटिमा नाम समावेश गर्नु तानाशाही प्रवृत्ति भएकाे इन्द्रावती २ कांग्रेसले बिज्ञप्ती मार्फत भनेकाे छ ।

इन्द्रावती गाउँपालिका वडा नं ०२ (साविक कुन्चोक गा.वि.स. वडा नं ३) मा नेकपा एमालेले टोल कमीटी गठन गर्दै गरेको समयमा कांग्रेसकाे क्रियाशिल सदस्य वडा कमीटीका उप-सभापती होम बहादुर सुनार लाई इच्छा विपरित सोध खोज तथा सल्लाह नगरी टोल कमिटीमा नाम लेखिएको प्रति इन्द्रावती २ कांग्रेसले घोर आपत्ती प्रकट गरेकाे छ ।

बिज्ञप्तिमा भनिएकाे छ ‘ कामको सिलसिलामा सोही स्थानमा पुगेको वखत इच्छा विपरित सोध खोज तथा सल्लाह नगरी टोल कमिटीमा नाम लेखिएको प्रति घोर आपत्ती प्रकट गर्दछौँ ‘ ।

‘गणतान्त्रिक मुलुकमा तानाशाह प्रवृत्ती आगामी दिनहरुमा यस्ता घणित तथा निन्दतिय गतिविधीलाई निरन्तरता दिएमा कुनै हालतमा सैह्य नहुने कुरा सम्वधित पक्षलाई नेपाली कांग्रेस इन्द्रावती २ नं वडा कार्यसमिति चेतावनी समेत दिन
चाहन्छौ ‘ नेपाली कांग्रेस इन्द्रावती २ नं वडा कार्यसमिति द्वारा जारि गरिएकाे बिज्ञप्तिमा भनिएकाे छ ।

बिज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!