चाैतारा । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता पुरस्कार सम्मान प्रदान गर्ने भएको छ ।

आज युनियनले चौतारामा गरेको श्रद्धाञ्जली सभामा यस्तो घोषणा गरिएको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो । त्यसैलाई परिजर्तन गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिईने नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा आचार्यले जानकारी दिइन । केसी रासस र नेपाल समाचारपत्रमा आबद्द थिए ।

१० औँ दिनको पुण्य तिथिमा उनको व्यक्तित्वबारे पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टंक कार्की, पुुर्व सचिव बिलबहादुर तामाङ लगायतले चर्चा गरेका थिए ।

५१ सालबाट पत्रकारिता सुरू गरेका केसीकाे एक गीति संग्रह र एक कथा संग्रह प्रकाशित छ । दमको रोगबाट ग्रसित उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!