मेलम्ची । नेपाली कांग्रेसकाे क्रियासिल सदस्य भन्दै ८ कक्षा पढ्ने बिद्यार्थीलाई नेकपा एमाले सिन्धुकाेटले पार्टी प्रवेश गराएकाे छ । हिजो चैत ५ गते पार्टि कार्यालय उद्घाटनकाे अवसर पारेर उनिहरूलाई प्रवेश गराईएकाे हाे ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु भन्दै कुमार परियार, अर्विन परियार, राजन परियार र सुजन पन्चकाेटिलाई नेकपा एमालेले पार्टी प्रवेश गराएकाे छ । नेपाली कांग्रेस मेलम्ची ५ सिन्धुकाेटका वडा सचिव राजेन्द्र प्रसाद नेपालका अनुसार उनिहरू श्री सिन्धुपुराना गाउँ माबिका कक्षा ८ देखि १० सम्मका बिद्यार्थीहरू हुन ।

उक्त प्रवेश गराईएका ब्यक्तिहरू अबाेध बिद्यार्थी भएकाे र अबाेध माथि राजनीति थाेपरेकाे महसुस गरिएकाे सचिव नेपालले बताए । अबाेध माथी राजनिति नगर्न पनि सचिव राजेन्द्र प्रसाद नेपालले एमालेलाई चेतावनी दिएका छन ।

नेपाली कांग्रेसकाे वेबसाइटमा समेत कृयासिल सदस्य नभएकाे ब्यक्तिलाई नेपाली कांग्रेसकाे ब्यक्ति भन्दै भ्रामक प्रचार गरि नेपाली कांग्रेस लाई कमजाेर बनाउने खेल एमाले बाट भएकाे नेपाली कांग्रेसका नेताहरूले बताएका छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेकका सदस्य समेत रहनुभएका चतुरमान तामाङले प्रवेश गराइएका ब्यक्तिहरू नेपाली कांग्रेसको क्रीयासिल सदस्य नभएकाे र भ्रमिक पोस्टहरू नगर्न समेत सुझाव दिएका छन ।

पार्टी कार्यालय उद्वाटन तथा पार्टी प्रवेशकाे अवसरमा नेकपा एमालेका नेता बालकृष्ण देउजा, चिरन तामाङ, वडा अध्यक्ष सुदर्शन लुइटेल लगायतकाे उपस्थिति रहेकाे थियाे । नेकपा एमाले, मेलम्ची ५ सिन्धुकाेटले हिजो चैत ५ गते पार्टि कार्यालय उद्घाटनकाे अवसर पारेर साे ब्यक्तिहरूलाई पार्टी प्रवेश गराएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!