
मेलम्ची । राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगरको युवा भेलाले निरल वाइवा तामाङलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
भेलाले अध्यक्षमा निरल वाइवा तामाङ , उपाध्यक्षमा आयुष तामाङ, सचिवमा कुमार स्याङ्दान, सहसचिवमा सुमन गुरुङ र सागर चौलागाईं, कोषाध्यक्षमा गणेश मगरलाइ सर्बसहमत रुपमा चयन गरेको युवा संघ सिन्धुपाल्चोकका संयोजक राजन दुलालले जानकारी दिए ।
यसै गरि युथफोर्स बिभाग प्रमुखमा सन्जय तमाङ, उपप्रमुखमा जीवन तामाङ र सचीवमा प्रेम तामाङ चयन भएका छन । नेकपा एमाले मेलम्ची नगर कमिटीका सचिव सालिकराम अधिकारीको अध्यक्षता र बाग्मती प्रदेश कमिटीका सदस्य बालकृष्ण देउजाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
हिजाे भएको भेलाले ५१ सदस्यीय कमिटी र युथफोर्स बिभाग समेत सर्बसहमत चयन गरेकाे छ ।