चाैतारा । सिन्धुपाल्चाेकमा “घर-घर जाऔ कांग्रेस जिताऔ” अभियान ९ गतेबाट सञ्चालन हुने भएकाे छ । २०७८ चैत ९ गते मेलम्ची बाट कार्यक्रम सञ्चालन हुन लागेकाे हाे ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको २०७८ चैत्र ४ गतेकाे निर्णय अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र बमोजिम “घर-घर जाऔ कांग्रेस जिताऔ” अभियान केन्दीय प्रतिनिधी एवं केन्द्रीय सदस्य श्री गंगा लक्ष्मी अवालको उपस्थितिमा सञ्चालन हुने भएकाे हाे ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेकका सभापती जंग बहादुर लामा द्वारा जारि गरिएकाे सुचनामा आफ्नाे क्षेत्र/ गाउँ/नगर भित्रका सबै कृयाशिल सदस्यहरु वडा र टोल कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, पार्टीका विशिष्ट व्यक्तित्वहरु भ्रातृ-सुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरु, व्यवसायी एवं वृद्विजिवीहरु, सञ्चारकर्मी लगायत नेपाली काग्रेसका शुमचिन्तकहरुलाई समेत व्यापक रुपमा सहभागी गराई सञ्चालन गर्न सम्बन्धित निकायलाइ अनुरोध गरिएकाे छ ।

यस्ताे छ कार्यक्रमकाे तालिका, कुन पालिकामा कहिले ?

२०७८ चैत ९ गते मेलम्ची नगरपालिका
२०७८ चैत्र १२ गते हेलम्बु गाउँपालिका
२०७८ चैत १३ गते पाँचपाेखरी-थाङपाल गाउँपालिका
२०७८ चैत्र १५ गते ईन्द्रावती गाउँपालिका
२०७८ चैत्र १७ गते जुगल गाउँपालिका
२०७८ चैत्र १८ गतै चाैतारा सांगाचोक गढी नगरपालिका
२०७८ चैत्र २३ गते सुनकाेसी गाउँपालिका
२०७८ चैत्र २४ गते लिसंखुपाखर गाउँपालिका
२०७८ चैत्र २५ गते त्रिपुरासुन्दरी गाउँपालिका

२०७८ चैत्र २७ गते भोटेकोशी गाउँपालिका
२०७८ चैत्र २८ गतै बलेफी गाउँपालिका
२०७८ चैत्र २९ गतै बाह्रविसे नगरपालिका
२०७९ वैशाख २ गते क्षेत्र न २ प्रदेश “क”
२०७९ वैशाख ३ गते क्षेत्र नं. २ प्रदेश “ख”
२०७९ वैशाख ५ गते क्षेत्र नं १ प्रदेश “क”
२०७९ वैशाख ६ गते क्षेत्र नं १ प्रदेश “ख”
२०७९ वैशाख ८ गते क्षेत्र नं २ आमसभा
२०७९ वैशाख ९ गतै क्षेत्र नं १ आमसभा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!