मेलम्ची । “घर-घर जाऔ कांग्रेस जिताऔ” अभियान आज मेलम्चीमा सम्पन्न भएकाे छ । नेपाली कांग्रेस मेलम्ची नगर सभापती वसन्त गुरूङकाे सभापतित्व र केन्द्रीय सदस्य गंगा लक्ष्मी अवालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको २०७८ चैत्र ४ गतेकाे निर्णय अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र बमोजिम “घर-घर जाऔ कांग्रेस जिताऔ” अभियान केन्दीय प्रतिनिधी एवं केन्द्रीय सदस्य गंगा लक्ष्मी अवालको उपस्थितिमा सञ्चालन भएकाे हाे ।

कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय सदस्य अवालले कांग्रेसलाई जिताउने उर्जा अभिबृद्वि गर्न कार्यक्रम गरिएकाे बताईन । साथै जनतामा भएकाे एमसिसिकाे भ्रम चिर्न र यथार्थ कुराहरू जनतामाझ राख्न कार्यक्रम गरिएकाे उनले जानकारी दिइन ।

नेपाली कांग्रेसलाई जिल्लाभरि बाट बिजयी हासिल गर्न आफु लागि परेकाे र साेहि अनुसारकाे निर्देशन समेत क्षेत्र, पालिका र वडामा दिइसकेकाे जिल्ला सभापती जंग बहादुर लामाले बताए ।

असार १ गते आएकाे बाढी पश्चात् मेलम्ची लाई पुरानै अवस्थामा ल्याउन नेपाली कांग्रेसले महत्वपुर्ण भुमिका खेलेकाे सिन्धुपाल्चाेक क्षेत्र नं २ नेपाली कांग्रेसका क्षेत्रिय सभापती आइतमान तामाङले जानकारी दिए । मेलम्चीकाे बस्ती बिकास र मेलम्चीलाई बिगतकाे जस्तै अवस्थामा पुराउन नेपाली कांग्रेस लागि पर्ने तामाङले बताए ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाले नेपाली कांग्रेसकाे समाजवाद सडक बनाउने मात्र नभइ सडकमा गुडेका बस चढ्न सक्ने जनता बनाउनु पनि भएकाे बताएका छन ।

त्यस्तै कार्यक्रममा मन्तब्य राख्दै मेलम्ची नगर सभापती वसन्त गुरूङले नेपाली कांग्रेसले मेलम्ची नगरपालिकामा बिजयी हासिल गरेमा मेलम्चीकाे मुहार फेर्ने धारणा राखेका छन । बाढी पिडितकाे उत्थानकाे लागि भएपनि नेपाली कांग्रेसलाई जिताउनुपर्ने गुरूङले बताए ।

नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिकाे आयाेजनामा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, महासमिति सदस्य, जिल्ला सभापती, क्षेत्रिय सभापती, नगर सभापती, वडा सभापती लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन मेलम्ची नगरकार्यसमिति सचिव निश्चल गिरिले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!