मेलम्ची । कम्युनिष्टकाे थिचाेमिचाे सहन नसकिने भन्दै इन्जिनियर देवराज दुलाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन । मेलम्ची नगरपालिकामा लामाे समय इन्जिनियर रहेका दुलालले आफु मेलम्ची नगरपालिकामा रहेर काम गर्दा एमाले सरकारकाे थिचाेमिचाे सहन नसकेकाे गुनासाे ब्यक्त गरे ।

मेलम्चीमा भएकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान बाट उनी कांग्रेसमा प्रवेश गरेका हुन । केन्द्रीय सदस्य गंगा लक्ष्मी अवाल, नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती जंग बहादुर लामा, क्षेत्रिय सभापती आइतमान तामाङ, नगर सभापती वसन्त गुरूङ लगायतले दुलाललाई आज नेपाली कांग्रेसमा स्वागत गरे ।

काँग्रेसकाे उदारबादी भावनाले प्रभावित भइ आफु कांग्रेसमा प्रवेश गरेकाे उनले सुनाए । ‘याे देशलाई सांच्चै अप्ठेराे परेकाे खण्डमा कांग्रेसकाे आवस्यकता रहेछ ‘ उनले भने ।

नेपाली कांग्रेसमा प्रवेश गर्नुकाे कारण बारे उनी यसाे भन्छन :
“मैले यहाँ भन्दा अघि जागिर खाएँ, एनजिओमा काम गरेँ, मैले कम्युनिष्ट शासनमा पनि कर्मचारि भएर काम गरेँ, त्यस क्रममा कम्युनिष्टकाे थिचाेमिचाे, पेलान, मानिसहरूलाई काखा र पाखा गर्ने प्रबृत्ति, यी विविध कारणले मलाई कम्युनिष्ट शासन, प्रबृत्ति पटक पटक मन नपरेर आएकाे हाे ।

नेपाली कांग्रेसकाे उदारवादी भावना छ, सहयाेगी भावना छ, सबैजना समेटाैँ, सबैजना एक हाैँ, हामी सबै नेपाली हाैँ , भन्ने मुल मन्त्र छ, याे नै हामी सबैकाे लागि अपरिहार्य हाे । यहि कुराहरूलाई मध्यनजर गर्दै म पनि आज बाट कांग्रेसमा आएँ ।”

इन्जिनियर देवराज दुलाल संगै विभिन्न पार्टी परित्याग गरि आज ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेकाे नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमिति सचिव निश्चल गीरिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!