परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताएका छन । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चिनसँगको आयात – निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताए ।

सिन्धुपाल्चोकको तातोपानी नाका तथा रसुवाको नाकाबाट केही मात्रामा आयात भएपनि निर्यात ठप्प रहेको भन्दै मन्त्री खड्काले आयात तथा निर्यात दुबै सहज हुने व्यवस्थाका लागि आफुले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने बताएका हुन । आयात सहज नहुँदा नेपाली व्यापारीले समस्या झेल्नुको साथै मूल्यबृद्धी लगायतका समस्या देखिएको र निर्यात नहुँदा नेपालको अर्थतन्त्र नै जोखिममा हुने भन्दै मन्त्री खड्काले नाका खोल्न सक्दो पहल हुने जानकारि दिए ।

कोरोना महामारीका कारण बन्द भएको नाकामा चिनियाँ पक्षले निर्यात खुलाएपनि आयात नखुलाउँदा नेपालबाट निर्यात ठप्प रहेको छ । मन्त्री खड्कालाई ध्यानाकर्षणपत्र बुझाउँदै उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बन्द रहेको तातोपानी नाका पहिलेको अबस्थामा फर्कन नसक्दा र निर्यात ठप्प हुँदा झण्डै १० हजार जनाले प्रत्यक्ष रोजगारी गुमाउनुको साथै व्यापार व्यवसाय धरासायी बनेको जानकारि गराए ।

नाका नियमित नहुँदा चालक, परिचालक, लोडर लगायतका स्वरोजगार मजदुरहरुको काम पनि बन्द भएको छ । उनले नेपाल र चीन दुबैतर्फ कोरोना सङ्क्रमणको जोखिम कम भएपनि चिनियाँ पक्षले कोरोनाकै कारण देखाई नेपालबाट सामाग्रि लैजान रोक लगाएको र नेपाल तर्फको आयात पनि सहज नभएको बताए । बिज्ञप्तीमा नाकालाई नियमित गरी सहज आयात निर्यातको व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै बिज्ञप्तीमा अरनिको राजमार्ग विभिन्न ठाउँमा जिर्ण बनेको भन्दै मर्मत सुधारको लागि पहल गर्न पनि आग्रह गरिएको छ । अध्यक्ष बस्नेतसँगै निबर्तमान् अध्यक्ष बेदबहादुर श्रेष्ठ, उपाध्यक्ष सुर्यबहादुर कार्की, महासचिव सम्भुबहादुर तिमल्सिना लगायतको टोली पराराष्ट्रमन्त्रीको निबास पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!