भिमटार । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले चुनावमा गरेकाे बाचा पूरा गरेका छन । ५ बर्ष अघि भिमटारमा जाँदा खानेपानीकाे समस्या देखेकाे र पानी पुराउने बाचा गरेकाे तामाङले सुनाए ।

आज एक कार्यक्रमका बिच भिमटार खानेपानी याेजना एक घर एक धारा, उद्घाटन भएकाे छ । खानेपानीकाे हाहाकार भएकाे इन्द्रावती गाउँपालिका १२ भिमटारका १९५ घरधुरीले एक घर एक धारा खानेपानी पाएसंगै स्थानियमा खुसी छाएकाे छ । ‘खानेपानीकाे हाहाकार थियाे पानीकाे लाइन कुर्नु पर्ने थियाे, सफा र स्वच्छ पानी पिउन पाउने अवस्था थिएन, अहिले याे समस्या समाधान भएकाे छ ‘ भिमटारका स्थानिय तथा खानेपानी याेजनाका अध्यक्ष समेत रहेका राजु दनुवारले भने ।

उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले आफु जनताकाे समस्या समाधानकाे निमित्त बसेकाे बताए । ‘५ बर्ष अघि आउँदा खानेपानीकाे समस्या देखेर, प्रत्येक घरमा पानी पुग्नु पर्छ भनेर तयारी थालेकाे थिएँ, अहिले इन्द्रावतीकाे ६०,७० प्रतिशत भन्दा माथी घरधुरीमा खानेपानी पुगिसकेकाे छ’ तामाङले भने । इन्द्रावतीकाे बृहद् खानेपानीले ४४०० घरधुरीलाई पानी पुग्ने तामाङले जानकारी दिए ।

पाँच बर्ष अघि भनेका कुराहरू खानेपानी, स्वास्थ्य, बाटाे, बनीसकेकाे र गाउँपालिकामा ८० प्रतिशत बाेलेका कामहरू पूरा भइसकेकाे उनले बताए ।

यस्ता कामहरूले नागरिकलाई नजिककाे सरकारकाे अनुभूति दिलाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले बताए । ‘बिगतकाे समयमा प्रदुषित पानी पिउनुपर्ने बाध्यता थियाे, अब समुदायकाे सहभागितामा दिगाे हुनकाे लागि सहयाेग पुग्छ’, शर्माले भने ।

१९५ घरधुरीलाई पुग्ने पानी दिलाउन ८२ घनमिटरकाे ट्याङ्की बनेकाे छ । यस्काे लागत ३७ लाख रहेकाे छ । जनश्रमदानले गर्दा यति थाेरै रकममा काम सम्भव भएकाे गाउँपालिकाका इन्जिनियर राजाराम घाेरासैनीले बताए ।

कार्यक्रममा मन्तब्य राख्दै इन्द्रावती गाउँपालिका वडा नं १२ का अध्यक्ष कमल रत्न दनुवारले प्रत्येक घरमा पानी पुगेकाे जानकारि गराए । गाउँपालिकाले लिएकाे नीति र उदेश्य अनुरूप एक घर एक धारा पुराउने काम भएकाे उनले बताए ।

खानेपानी समितिका अध्यक्ष राजु दनुवार काे सभापतीत्वमा भएकाे कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ प्रमुख अतिथि, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्ष कमल रत्न दनुवार, पार्टी प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, पत्रकार, स्थानिय लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!