नवलपुर । इन्द्रावती गाउँपालिकामा निर्मित भुकम्प स्मारक भृकुटी शान्ति पार्ककाे गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ द्वारा उद्घाटन भएकाे छ । आज एक कार्यक्रमका बिच साे पार्ककाे उद्वाटन भएकाे हाे ।

साे पार्क पहिलाे र दाेस्राे चरणमा गरि निर्माण भएकाे थियाे । पहिलाे चरणमा ३४ लाख र दाेस्राे चरणमा ९६ लाखकाे लागतमा निर्माण भएकाे हाे । पहिलाे चरणमा छ्याेर्तेन बनाउने काम भएकाे थियाे भने दाेस्राे चरणमा ल्यान्ड स्केपिङ, सिँडि बनाउने काम, भृकुटीकाे सालिक, साैचालय, दुवाे, चिल्ड्रेन पार्क, भृकुटी शान्ति पार्क, तारवार लगायतकाे काम भएकाे थियाे ।

२०७२ सालकाे भुकम्प बाट इन्द्रावती गाउँपालिकामा ५४८ जनाकाे मृत्यु भएकाे थियाे । साेहि मृतकहरूकाे सम्झनामा साे भुकम्प स्मारक निर्माण गरिएकाे गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारि दिए ।

नेपाल र तिब्बतकाे सम्बन्धलाई जाेड्ने ऐतिहासिक ब्यक्तित्व भृकुटी देवी लिच्छवीकालकी राजकुमारी थिइन । भृकुटीलाइ तिब्बतका राजा स्रङचङ गाेम्पाेले विवाह गरेकाे इतिहासमा उल्लेख छ । उनलाई “हरिततारा” काे नामले पनि चिनिन्छ । तिब्बती राजा स्रङचङ गाेम्पाेकाे बढ्दाे शक्ति सामु मित्रता बढाउन छाेरी दिएर नेपालका राजाले सम्वन्ध जाेडेका थिए ।

भृकुटी इन्द्रावती नदी तरेर थाकन ह्युल्सा (हालकाे नवलपुर ) हुँदै नेपाल तिब्बत सिमाना पार गरि तिब्बत पुगेकाे कुरा यस क्षेत्रकाे जनमानसमा छ । भृकुटी तिब्बत गएपछि त्यहाँ बाैद्व धर्मकाे व्यापक प्रचार हुन पुग्याे र नेपाली बास्तुकलाकाे समेत प्रचार भयाे ।

भृकुटीकाे अद्वितिय ऐतिहासिक देनलाई कदर गर्दै नेपाल सरकारबाट उनलाई राष्ट्रिय विभूती घाेषणा गरिएकाे छ । भृकुटीकाे महत्वपुर्ण याेगदानलाई चिर स्थायी बनाउन इन्द्रावती गाउँपालिकाले शालिक सहितकाे स्तम्भ स्थापना गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जानकारि दिए ।

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले अब आउने सरकारले भृकुटीकाे अध्ययन र अनुसन्धान गर्ने बताए । उनले नाैलिङकाे सिर देखि भिमटारकाे बगर सम्म अध्ययन गरेर इन्द्रावतीकाे बिकास गरेकाे जानकारि दिए । ‘खेलकुदबाट समृद्व बनाउन रंगशाला बनायाैँ, सुगमता चाहिने रहेछ भनेर बाटाेलाई प्राथमिकता दियाैँ, आर्थिक संबृद्वि हुनु अवकाे आवस्यकता हाे, अब कृषि, पर्यटन लगायतमा जाेड दिन जरूरी छ ‘, उनले भने ।

‘संघियता पछि सबैजना खटेका छाै’, कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले भने ‘इन्द्रावती प्रसंशनिय छ । एउटा टिमले राम्राे साेच्याे भने धेरै काम गर्न सकिने रहेछ । म यहाँ आएकाे तीन महिना भयाे, १ घर १ धारा, सडक ब्यबस्थित, सुबिधासम्पन्न कलात्मक गाउँपालिका भवन, गुम्बा, सिँचाई, महिला सशक्तिकरण जस्ता क्षेत्रमा उल्लेख्य काम भएकाे पाएँ ।’

कार्यक्रममा मन्तब्य राख्दै कसले के भने

इतिहासकार तथा प्राध्यापक डा. दिनेस राज पन्तले याे ऐतिहासिक रूपमा निर्मित भएकाे भृकुटी पार्कले पर्यटक भित्राउन पनि महत्वपुर्ण भुमिका खेल्ने बिस्वास ब्यक्त गरे । यस पार्कमा अध्ययन गर्न देश तथा बिदेशबाट मानिसहरू आउने र समृद्व इन्द्रावती बन्न भुमिका खेल्ने उनले बताए ।

नेपाली कांग्रेस महासमिति सदस्य बासुदेव अधिकारीले भने ‘सिपाघाट देखि नाैलिङ सम्म बिकास नभएकाे ठाउँ छैन । एक तामाङकाे छाेरा अध्यक्ष भएर सबै धर्मकाे संरक्षणमा याेगदान पुराउनुभएकाे छ ।’

साेहि अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सदस्य नवराज भट्टराईले भने ‘बिकास निर्माणकाे काम ढाकेर ढाकिने छैन, छेकेर छेकिने छैन, वंशलाल तामाङकाे आँखा पुगेकाे ठाउँमा बिकासकाे राम्राे काम गर्नुभएकाे छ । वंशलाल दाईले बिकासकाे बाटाे देखाउनुभएकाे छ ।’

त्यस्तै नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका अध्यक्ष नुन बहादुर सापकाेटाले सैद्धान्तिक हिसावले इन्द्रावती गाउँपालिकामा राम्राे काम भएकाे बताए । ‘इन्द्रावतीमा वंशलाल तामाङज्युले राम्राे काम गर्नुभएकाे छ । बिकासका राम्रा कामहरू भएका छन ।’ उनले भने ।

कार्यक्रमकाे सभापतीत्व इन्द्रावती गाउँपालिका ३ का वडा अध्यक्ष देव प्रसाद बानियाले गरेका थिए । कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ रहेका थिए । कार्यक्रममा इतिहासकार, विभिन्न पार्टिका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!