मेलम्ची । मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिटिका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पारेका छन । त्यस्तै दोस्रोमा राजन श्रेष्ठ र अभिषेक गुरुङ भएका छन भने तेस्रो किसन दुलाल, राजकुमार तामाङ, पूर्ण बहादुर थापा र अजय तामाङ भएका छन ।

प्रतियोगितामा जिल्ला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार, २०हजार र १० हजार सहित ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै हिजो भएको नगरतर्फको प्रतियोगितामा किसन दुलाल र दिपक दुलालको जोडि पहिलो, दिपेन्द्र दुलाल र राजु सापकोटा दोस्रो त्यसैगरी सिपि दुलाल र सुर्दशन दुलाल, भिमशेन डंगोलर रविन बोम्जनको जोडि तेस्रो भएको थियो ।

नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः१५ हजार ,१० हजार र ५ हजारसहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको निर्णयक राजनमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!