
पाँचपाेखरी । मेलम्ची खानेपानी आयाेजना नहुने हाे भने तिपेनी बाट माथी पाँचपाेखरी बाटाे जान सक्ने अवस्था नभएकाे नेपाली कांग्रेसका नेता वंशलाल तामाङले बताएका छन । “घर-घर जाऔ कांग्रेस जिताऔ” अभियान अन्तर्गत हिजाे पाँचपाेखरीमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष समेत रहेका तामाङले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने ‘यदि खानेपानी नहुँदाे हाे त तिपेनीबाट माथी बाटाे जाने अवस्था थिएन । याे बाटाे कसैले गाैरव गर्नु पर्दैन । टासीजी सुनिरहनुभएकाे छ भने भन्नुहाेला, खानेपानी आयाेजनाकाे कारणले मात्रै पिच भएकाे हाे टासी लामाकाे कारणले पिच भएकाे हैन ।’
मेलम्ची खानेपानी आयाेजनाकाे नाममा आएकाे पैशा दुरूपयाेग गरेर कम्युनिष्टका २,४ जना ब्यक्तिले काठमाण्डाैमा बिल्डिङ बनाएर बसेकाे समेत तामाङले दावि गरे । खानेपानी काठमाण्डाै लगेवापत यहाँका बासिन्दाले क्षतिपुर्ती पाउन नेपाली कांग्रेसले जित्न जरूरी रहेकाे उनले धारणा राखे ।
एउटा भिजन भएकाे नेता आएकाे भए थाङपालकाेटलाई फिल्मी नगरीमा बिकास गर्न सकिने र पर्यटककाे ओइराे लगाउन सकिने तामाङले बताए ।
कार्यक्रममा मन्तब्य राख्दै तामाङले पाँचपाेखरी महादेवथान लाई कालिन्चाेक जस्तै बनाएर पर्यटक भित्राउन सक्ने धारणा राखे । ‘नेपाली कांग्रेसले कहिले अवसर पाएन, अवसर पाउनेले कहिले साेचेन । पटक पटक पाँचपाेखरीमा कम्युनिष्ट लाई भाेट हालेर जिताए पनि यस्ता कार्यहरूमा कहिल्यै कम्युनिष्टकाे ध्यान गएन ‘, तामाङले भने ।
कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने ‘अब ढिलाे भइसक्याे, हामीले घर घरमा गएर भन्न जरूरी छ, यतिका बर्ष पालिकामा, याे जिल्लामा कम्युनिष्टले जित्दा केही गर्न सकेन, अब कांग्रेसलाइ एक पटक पालाे दिनुस हामी गरेर देखाउन चाहन्छाैँ ‘ ।