चाैतारा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता, मतदान स्थल र मतदान केन्द्रको संख्या सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक जिल्लामा मात्रै २ लाख ५५ हजार ७१२ जनाले मतदाता रहेका छन ।

सिन्धुपाल्चोकको मतदातामध्ये १ लाख ३२ हजार २१२ जना पुरुष रहेका छन् भने १ लाख २३ हजार ५०० जना महिला मतदाता रहेका छन् । उनीहरूले १४४ मतदान स्थलमा रहेका ३१६ मतदान केन्द्रमा मतदान गर्नेछन् ।

सिन्धुपाल्चोकमा भने सबैभन्दा धेरै मतदाता मेलम्ची नगरपालिकामा रहेका छन् । मेलम्चीमा ३९ हजार २०५ जना मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता भने भोटेकोशी गाउँपालिकामा १३ हजार १६४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!