कुञ्चाेक । इन्द्रावती गाँउपालिका ३ काे कुञ्चोक खानेपानी योजनाकाे उद्घाटन भएकाे छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले साे याेजनाकाे उद्वाटन गरेका हुन ।

खानेपानीकाे समस्या रहँदै आएकाे कुन्चाेकबासीले अब स्वच्छ र सफा खानेपानी पिउन सक्ने गाउँपालिका अध्यक्ष तामाङले बताए । याे संग इन्द्रावती गाउँपालिका भर पानीकाे ब्यबस्था गर्ने अन्तिम तयारीमा रहेकाे र सबै वडामा स्वच्छ खानेपानीकाे एक घर एक धारा पुराउने समेत उनले जानकारि दिए ।

२ कराेड २३ लाखमा बनेकाे खानेपानी याेजनाले वडा नं ३ काे ५२५ घरधुरी लाभान्वित हुने वडा अध्यक्ष देव प्रसाद बानियाले जानकारि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!