नवलपुर । स्थानिय चुनाव भएकाे पाँच बर्ष हुँदै गर्दा अब नागरिकले नेताहरूकाे मुल्याङ्कन गर्ने दिन आएकाे वागमती प्रदेशका पुर्व मन्त्री युवराज दुलालले बताएका छन । इन्द्रावती गाउँपालिका वडा नं २ वडा कार्यालय उद्घाटनकाे अवसरमा उनले साे कुरा बताएका हुन ।

५ बर्ष अघि देखिनै आफु निरन्तर गाउँमा जानुपर्छ भन्ने नीति बनाएर अघि बढेकाे दुलालले बताए । ‘काेहि डाेजर किनेर भाडा खानी जनप्रतिनिधि छन, काेहि गाडी भाडामा लगाएर पैशा खाने जनप्रतिनिधि छन, काेहि वडा कार्यालयकाे भाडा तिरेर बसेका छन, अब तपाईहरूले मुल्याङकन गर्ने बेला भएकाे छ, ५ बर्षमा कसले के काम गरे’, दुलालले भने ।

जन प्रतिनिधि भएपछि जनताकाे कुरा सुन्नुपर्ने उनले धारणा राखे । गाउँमा कहाँ बाटाे बनाउनुपर्छ, कहाँ स्कुल बनाउनुपर्छ गाउँमा गएर बुझ्नुपर्ने उनले बताए । आफ्नाे पहलमा ५ बर्षमा सिन्धुपाल्चाेकमा पाँच सय भन्दा बढी बिकासकाे याेजनाहरू आएकाे उनले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!