
नवलपुर । इन्द्रावती गाउँपालिकाकाे ज्यामिरेमानेमा भाेलि हुन गइरहेकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान सञ्चालन गर्न नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापती जीवन थापामगरकाे सभापतीत्वमा कार्यक्रम भएकाे हाे ।
भाेलि हुन गइरहेकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान कार्यक्रम कसरी गर्ने भन्ने बिषयमा कार्यक्रम गरिएकाे नेपाली कांग्रेस जिल्ला सदस्य नवराज भट्टराईले जानकारी दिए ।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता राजेन्द्रमान ताल्चाभडेलले भने ‘म भनेर चुनाव लड्ने, हाम्राे लागि लड्ने र हामी सबै मिलेर लड्ने । चुनाव जित्ने अभियान भाेली शुरू हुँदैछ ‘ ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि उद्वव वानिया, जिल्ला कार्यसमिति सदस्य नवराज भट्टराई, प्रदेश प्रतिनिधि फुर्पा तामाङ, नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका सभापती, जीवन थापा मगर, गाउँपालिका उपसभापती अष्टमाया तामाङ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष राधाकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका वडा नं १,२,३,४,५,६ का सभापती लगायत पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।