
नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का सभापती आइतमान तामाङ अबकाे मेलम्चीकाे मेयर हुने नेपाली कांग्रेस सिन्धुपाल्चाेकका निवर्तमान सभापती बिकास लामाले दाबी गरेका छन । तामाङ मेलम्चीमा मेयर बिजयी हुने दाबि गर्दै उनले चारतारे झण्डा ठिक पार्न समेत कांग्रेसका कार्यकर्ता लाइ सुझाब दिए ।
इन्द्रावती गाउँपालिकाकाे ज्यामिरेमानेमा आज भएकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान कार्यक्रममा मन्तब्य राख्दै लामाले मेलम्चीमा एमालेले जितेर कार्यकर्ता पाेस्ने बाहेक केही काम नगरेकाे बताए । ‘५ बर्षमा एमालेले नगरेकाे बिकास अब नेपाली कांग्रेसले गर्ने छ’, लामाले भने ।
आसन्न बैशाख ३० गतेकाे स्थानिय चुनावमा कांग्रेस एकजुट भएर लाग्ने र कम्युनिष्ट लाई पराजित गर्ने लामाले बताए । बैशाख ३० गतेलाई कांग्रेसमा कुनै गुट उपगुट नभएकाे पनि लामाले जानकारि दिए ।
‘रेल ल्याउँछु भनेर कम्युनिष्ट लाई भाेट दिए जनताले, केही आएन, घर घरमा ग्याँस ल्याउँछु भनेर भाेट दिए जनताले तर केही आएन’, लामाले भने हाेकी क्याहाे भनेर जनता झुकाउन कम्युनिष्ट फेरि घर घरमा आउँदै छन’ ।