नवलपुर । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापती तथा वडा नं १० का वडा अध्यक्ष जीवन कुमार थापामगरले कांग्रेस, कम्युनिष्ट संग लड्ने नभई, भाेक र गरिबी संग लड्ने बताएका छन । भाेक र गरिबी हटेपछि जनताले आफै कम्युनिष्ट लाई पराजित गर्ने उनले धारणा राखे ।

इन्द्रावती गाउँपालिकामा अब पुर्वाधार बिकासकाे काम सकिएकाे मगरले बताए । ‘इन्द्रावती गाउँपालिकामा अब पुर्वाधार बिकासकाे काम सकिएकाे छ, जनतालाई सक्षम बनाउने अबकाे लक्ष्य हाे’, उनले भने ।

इन्द्रावती गाउँपालिकाकाे ज्यामिरेमानेमा आज भएकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान कार्यक्रममा बाेल्दै आफ्नाे मुख्य एजेण्डा सभ्य समाज बनाउने रहेकाे र सभ्य समाज भएमा बिकास आफै हुने उनले धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!