ज्यामिरेमाने । वडाकाे सिफारिस आएमा सिन्धुपाल्चाेक बासीलाइ निशुल्क उपचार गराउने नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य राजेन्द्र बहादुर गाेर्खाली (राजु गाेर्खाली) ले बताएका छन ।

जस्ताेसुकै बिरामीलाई पनि उपचारमा छुट दिन तयार रहेकाे उनले बताए । हेल्पिङ ह्याण्ड्सकाे डाइरेक्टर समेत रहेका गार्खालीले भने ‘सम्पुर्ण दाजुभाई तथा दिदिबहिनि लाई १०, २० % सम्म मेराे अस्पताल बाट छुट दिनेछु र जटिल बिरामी भएकाे खण्डमा वडाकाे सिफारिस लिएर आएमा निशुल्क उपचार गर्दिन्छु ‘ ।

हेल्पिङ ह्याण्ड्स बाट सिन्धुपाल्चाेक बासीलाई हालसम्म ७२ लाखकाे छुट भएकाे पनि उनले जानकारि दिए । उनकाे पहलमा काठमाण्डाैकाे बुद्व एकेडेमीमा १२१ जनाले निशुल्क पढिरहेका छन ।

‘म कांग्रेस जिताउँ र भाेट दिउँ मात्र भन्दिन जनताकाे सेवा पनि गर्छु’ इन्द्रावती गाउँपालिकाकाे ज्यामिरेमानेमा आज भएकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान कार्यक्रममा मन्तब्य राख्दै उनले भने ।

फरक प्रसंगमा उनले भने ‘काठमाण्डाैमा भएका ६० लाख जनसंख्याले पानी खाईरहेका छन, सिन्धुपाल्चाेक बाट पानी जान्छ । इन्द्रावतीमा जम्मा ९ वटा वडामा एक घर एक धारा पुग्दै रहेछ’ । नेपाली कांग्रेसले पुन गाउँपालिका जितेकाे खण्डमा पालिकाकाे सबै ठाउँमा पर्याप्त पानी पुर्याउने समेत उनले प्रतिबद्वता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!