ज्यामिरेमाने । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफुले २०७४ सालकाे स्थानिय निर्वाचनमा जनता सामु गरेकाे बाचा ८०, ९० प्रतिशत पूरा भइसकेकाे बताएका छन । भाेट माग्न आउँदै गर्दा ज्यामिरेमानेमा सयाै रित्ताे गाग्री देखेकाे र अहिले इन्द्रावतीकाे ३६०० घरधुरीमा पानी पुगीसकेकाे पनि तामाङले जानकारि दिए ।

‘आज भन्दा ठिक ५ बर्ष अघि नेपाली कांग्रेस लाई मत दिएर सेवा गर्ने अवसर दिनुभयाे त्यसकाे लागि धन्यवाद’, इन्द्रावती गाउँपालिकाकाे ज्यामिरेमानेमा आज भएकाे “घर-घर जाऔँ कांग्रेस जिताऔँ” अभियान कार्यक्रममा मन्तब्य राख्दै उनले सबै पालिका बासीलाई उनले धन्यवाद दिए ।

‘इन्द्रावतीकाे सबै घर, अस्पताल ध्वस्त थियाे । पहिला निजि घर त्यसपछि बिद्यालय र अस्पताल बनाउँछु भनेकाे थिए त्याे पूरा भईसकेकाे छ’, उनले भने ।

‘इन्द्रावतीमा २७२ किमि सडक स्तरउन्नती गरेर ५ किमि सडक पिच हुँदैछ, सिम्पालमा हिँडेर जाने अवस्था थियाे अहिले १२ महिना माेटर चल्छ’, कार्यक्रममा बाेल्दै उनले भने । अझै केही ट्याङ्की बन्न बांकी रहेकाे र त्यसपछि पानी आउने अध्यक्ष तामाङले जानकारी दिए । तत्पश्चात डाँडाभरि पानी छ्यालब्याल हुने र सत प्रतिशत पानी पुग्ने उनले बताए ।

पाँच बर्ष अघिकाे गाउँपालिकाकाे अवस्था सम्झंदै उनले भने ‘काठेपाेल जताततै झुण्डिएकाे थियाे । अहिले सुरक्षित बिजुलीकरण भएकाे छ र स्टिलकाे पाेल राखिएकाे छ ।

गाउँपालिकामा चक्रपथ बन्ने र त्यसकाे बाम पनि थालनि भइसकेकाे उनले बताए । अब आउने सरकारले, चक्रपथकाे अधुराे काम पुरा गर्नेछ र त्यसकाे लागि कांग्रेसले जित्न आवस्यक रहेकाे उनले धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!