
काठमाण्डाै । कांग्रेस-एमाले परित्याग गरि दर्जन बढी युवा नेता नेकपा माओवादीमा प्रवेश गरेका छन । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड लगायत केन्द्रिय सदस्यले हिजाे एक कार्यक्रमका बिच नवप्रवेशीहरूलाई स्वागत गरेका हुन ।
नेपाली काङ्ग्रेस निकट तरुण दलको जिल्ला सदस्य दिनेश बरुवाल, नेकपा एमाले निकट युवा संघका पालिका अध्यक्ष दिनेश थापा, नेपाली काङ्ग्रेस वडा नम्बर ४ का इकाई उपसभापति समीर केसी, करातेका राष्ट्रिय खेलाडी दिपेन्द्र तामाङ सहितका एक दर्जन बढी प्रभावशाली युवाहरुको समुह र पाँचपोखरी-मेलम्चीका एक दर्जन बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
प्रवेशीहरुलाइ पेरिसडाँडा स्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष प्रचण्ड, केन्द्रिय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल, बागमती अध्यक्ष सरल सहयात्री, प्रदेश सदस्य भरत थापा, गाउँपालिका अध्यक्ष पेमा लामा लगायत सिन्धुपाल्चोकका नेताहरूले स्वागत गरेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य समीर गिरिले जानकारी दिए ।
उनिहरुलाइ प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले अहिले भएका परिवर्तनहरुको रक्षा र कार्यान्वयनमा युवापुस्ताको महत्त्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागी युवापुस्ता अघि बढ्नु पर्ने बताए ।