
हेलम्बु । २०७४ सालकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेले बिजयी हाँसिल गरेकाे हेलम्बु २ किउलका दर्जनाैँ ब्यक्ति कांग्रेस प्रवेश गरेका छन ।
हेलम्बु २ किउलका राप्रपाका गाउँपालिका उपाध्यक्ष उमेदवार गङ्गा लामा, स्थानिय एमाले नेता याकर तामाङ लगायत दर्जनौ कांग्रेस प्रवेश गरेका हुन ।
हिजाे नेपाली कांग्रेसका नेता एवम् हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उनिहरुलाइ पाटिमा प्रवेश गराएका हुन । अब हेलम्बु कांग्रेसमय भएको शेर्पाले बताए ।
यो बस्तिबाट यस अघिपनि दर्जनौ नेता कार्यकर्ता काङ्ग्रेस प्रबेस गरेका थिए । प्रवेशीहरुले आफुहरु नेपाली काङ्ग्रेसको काम देखेर प्रवेश गरेको बताएका छन ।