मेलम्ची । भोलि हुने भनिएको थाङ्पाल भ्याली माध्यमिक बिद्यालय उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

सम्माननिय रास्ट्रपति द्वारा उद्घाटन गरिने भनिएको बिद्यालय मौसमका कारण स्थगित गरिएको पालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

केही दिन यता मौसममा आएको परिवर्तनका कारण रास्ट्रपति बिद्यादेबी भन्डारी कार्यक्रममा अनुपस्थित हुने हुँदा बिद्यालय उद्घाटन कार्यक्रम सार्नु परेको टासी लामाले बताए । भोलि हुने बिद्यालय उद्घाटन कार्यक्रम स्तगित गरिएको सुचना जारी गरि सबैलाइ जानकारी गराएको समेत लामाले बताएका छन ।

स्थगित भएको बिद्यालय उद्घाटन कार्यक्रमलाई चैत्र 20 गते गर्ने समेत सुचनामा उल्लेख गरिएको लामाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!