हेलम्बु । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चुनावअघि गरेका प्रतिबद्धतासँगै नबोलेका काम पनि गरेको बताएका छन ।

आफुले चुनावमा नबोलेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ अहिले निर्माणाधीन रहेकाे र विश्वमा चीनपछिको ६० किलोमिटर लामो ग्रेट ट्रेल हेलम्बुमा बन्दै गरेकाे अध्यक्ष शेर्पाले जानकारी दिए । ‘यो हेलम्बुको मात्र नभई देशकै गौरवको बिषय हो। हिमाल हेर्दै पाँच हजार फिट उचाईमा पुग्न सकिन्छ । ग्रेट ट्रेल ड्रिम प्रोजेक्ट नै हो’, उनले भने ।

सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष शेर्पाले आफ्नाे कार्यकालमा शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा काम गरेकाे बताए । हेलम्बुले शिक्षामा सुधार ल्याउन हेलम्बु मोरल विद्यालय समेत बनाएकाे छ ।

दीर्घरोगीलाई निःशुल्क औषधी वितरण, शिक्षकको स्वास्थ्य कोष स्थापना, अस्थायी शिक्षकलाई अवकास कोषको व्यवस्था र कर्मचारीलाई पनि स्वास्थ्य बिमाको व्यवस्था गरेकाे शेर्पाले जानकारी दिए ।

सरकारको दिवा खाजाअन्तर्गत पाँच कक्षासम्मका विद्यार्थीलाई खाजा खुवाउँदै आएकाेमा गाउँपालिकाले ६ देखि १२ कक्षासम्मका विद्यार्थीलाई खाजा खुवाउन लागेकाे छ ।

अस्पतालमा नै बच्चा जन्माउन सरकारले दिने तीन हजारमा गाउँपालिकाले तीन हजार थप गरेर निःशुल्क एम्बुलेन्स सेवा दिइरहेकाे छ । पहिला वर्षेनी स्वास्थ्य चौकीमा पाँच जना कम सुत्केरी हुन्थे भने अहिले दुई सयको हाराहारीमा पुगेका छन ।

चुनावअघि सडक बिस्तार गर्ने प्रतिबद्धता गरेको र त्यसबेला हेलम्बु क्षेत्रका गाउँमा हिउँदमा मात्र बस जाने शेर्पाले जानकारि दिए । अहिले सडक बिस्तार गरेर ग्राभेल गरिएकोले प्रायः गाउँमा हिउँद र बर्खा दुवै समयमा नै बस चल्ने उनले बताए ।

त्यस्तै वडा नम्बर एकको ङिमादावा पाङ्गाङमा बञ्जी जम्पका लागि एक सय ७३ मिटर उचाइ र तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुल बनाउन गाउँपालिका लागिपरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!