काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालमा दिने भनेको मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार रूपैयाँ अब पाउने भएका छन् । देउवाले अघि बढाएको योजना त्यसपछिको सरकारले कार्यान्वयन नगरेको उपचार खर्चको योजना अब अघि बढ्ने भएको हो ।

२०७४ सालमा नै देउवा सरकारले मिर्गौला, क्यान्सर रोग, स्पाइनल प्यारालाइसिस भएका बिरामीलाई जिबीकोपार्जन भत्ता उपलव्ध गराउने सम्वन्धी कार्यविधि जारी गर्दै मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर यसको शुरूवात गरेपनि सरकार परिवर्तन भएपछि कार्यान्वयन भएको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो ।

‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिने भनेर उल्लेख गरिएको थियो । तर, कार्यविधि बनेको थिएन । अहिले कार्यविधि तयार भएसँगै भत्ता पाउने बाटो खुलेको हो,’ स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले भने ।

अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!