चाैतारा । इजाजत प्राप्त हतियार नजिकको प्रहरी इकाईमा बुझाईदिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले अनुराेध गरेकाे छ ।

आगामी २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भरपर्दो, विश्वसनीय र भयरहित बनाउन आफुसँग भएका हात हतियारहरु आफुलाई पायक पर्ने नजिकैको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्वारा जारी गरिएकाे सुचना मार्फत भनिएकाे छ ।

२०७८ चैत्र मसान्तसम्म आफुसँग भएका हात हतियारहरु बुझाउन हतियार धनिलाई अनुरोध गरिएकाे छ । ‘इजाजत पत्र प्राप्त हतियार निर्वाचन पश्चात फिर्ता हुने गरी नजिकको प्रहरी इकाईमा बुझाउनुहुन मिति २०७८/१२/१६ गते बसेको जिल्ला सुरक्षा समितिको वैठकको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सुचनामा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!