नवलपुर । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरे संगै यतिबेला राजनीतिक दलका नेताहरु घरदैलो अभियान देखि पार्टी को आमसभा गर्न व्यस्त छन । वैशाख ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका पनि सार्वजनिक भैसकेको छ ।

कांग्रेसले घर घर जाऔँ कांग्रेस जिताऔँ अभियान लाई लिएर टोलटोलमै पुगेर टोल समिती बनाउदै छन । माओवादीले निर्वाचन कमान्ड बैठक राखेर कमान्ड खटाइसकेको छ ।

यता एमाले ले पनि विभिन्न कार्यक्रम हरु गर्दै भित्री रुपमा तयारी गर्दै चुनावी मैदानमा होमिएको छ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष बन्न कांग्रेस, एमाले, माओवादी राप्रपा पार्टीका नेताहरु टिकट आफ्नो पक्षमा पार्न दौडधुप गरिसकेका छन। गत २०७४ को स्थानीय तहको निर्वाचन नियाल्ने हो भने यो वडामा कांग्रेसकाे वडाध्यक्ष सहित प्यानल नै विजयी भयो ।

कांग्रेस बाट जगतमान ताल्चाभडेल ६०३ मत ल्याउदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम तामाङले ५०२ मत ल्याए । यो परिणाम लाई हेर्ने हो भने १०१ मतले विजयी भएको कांग्रेस र एमाले विच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

यो वडामा कांग्रेस हारेको रेकर्ड छैन र यो चुनावमा पनि कांग्रेस नै जित्छ भन्दै कांग्रेसका एक क्षेत्रीय प्रतिनिधि ले भने यो वडामा आफ्नाे मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताए । ७ साल देखिको निर्वाचन लाई नियाल्ने हो भने यहाँ कांग्रेसले कहिले हारेको छैन।

कांग्रेस बाट यसपालि वडाध्यक्षका लागि बागमती प्रदेश प्रतिनिधी फुर्पा तामाङको नाम चर्चामा छ । उनी पुर्व गाउँपालिका सभापति समेत हुन् । तामाङ संगै इन्द्रावती ४ कै सभापति क्षेत्र बहादुर तामाङ को नाम पनि चर्चामा छ ।उनी युवा सजगता अभियान सिन्धुपाल्चोकका अध्यक्ष समेत हुन् । कांग्रेस बाटै दयाकुमारी मिश्रको नाम चर्चामा रहेकाे छ । मिश्र वडा सदस्य एवम् बागमती प्रदेश प्रतिनिधि पनि हुन् ।

यता एमाले बाट वडाध्यक्षका प्रत्यासी भिम तामाङको नाम पनि चर्चामा छ भने एमाले बाट नै गोविन्द प्रसाद कोइरालाको नाम पनि चर्चामा छ । कोइराला किसान संघका जिल्ला सचिब र एमालेको गाउँपालिका सदस्य हुन् । युवा नेता समीर तामाङ को नाम पनि चर्चामा छ । समीर राष्ट्रिय युवा संघ इन्द्रावतीका पुर्व इन्चार्ज र एमाले गाउँपालिका सदस्य हुन।

यस्तै एमाले बाट नै एमाले वडा ४ कमिटीका अध्यक्ष विकाश श्रेष्ठ को नाम पनि चर्चामा रहेको छ भने तेज लामा ह्योल्मोपा को नाम पनि चर्चामै छ ।

यता वडामा तेस्रो स्थानमा झरेको माओवादी बाट वडाध्यक्षका लागि राजेश अधिकारी को नाम चर्चामा छ । राप्रपा बाट विजेस हिमालय, पदम तामाङ लगायतको नाम चर्चामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!