नवलपुर । इन्द्रावती गाउँपालिका देशभरबाट अग्रस्थानमा रहेकाे नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन । देशभरिकाे गाउँपालिकाकाे फाइल पल्टाउँदा इन्द्रावती अग्र स्थानमा आउने उनले बताए ।

‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाकाे, यहाँकाे अध्यक्ष वंशलाल तामाङकाे नाम आउँछ । इन्द्रावती गाउँपालिकाले त्यस्ताे प्रतिष्ठा आर्जन गरेकाे छ’, इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने ।

राष्ट्रिय याेजना आयाेग, संघिय मन्त्रालयमा पनि उदाहरण दिँदा देशभरकाे गाउँपालिका मध्ये इन्द्रावती अग्रस्थानमा आउने गरेकाे थापाले सुनाए । ‘गाउँपालिकामा भएकाे बिकास निर्माणकाे कामले गर्दा पनि देशैभर इन्द्रावती गाउँपालिकाले गरेकाे अनुभव जावस भनेर घाेषणापत्र निर्माण गर्ने केन्द्रीय समितिमा आदरणिय नेता वंशलाल तामाङलाई राखेका छा‌ँ ‘, थापाले भने ।

बिदेश जाने ब्यक्ति बाट पैशा आएन भने कसैकाे घर चल्दैन भन्दै थापाले देशमै राेजगारी सिर्जना गरेर युवालाई बिदेश पलायन हुनबाट राेक्नुपर्ने बताए ।

तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ। गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे।

महामन्त्री थापाले भने, ‘तालमेल गर्नेबारे पार्टीमा छलफल गर्दैछौँ। माओवादी र एमाले मिलाएर रातारात पार्टी उहाँले बनाउनुभएको होइन। हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउन थाल्नुभएको होइन। त्यही कुरा उहाँले गर्दा सही अरुले गर्दा बेठिक हुने?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!