नवलपुर । सिन्धुपाल्चाेक निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका सभापती आइतमान तामाङले नेकपा माओवादी संग सम्मानजनक गठबन्धन हुने बताएका छन । इन्द्रावती गाउँपालिकामा निर्मित इन्द्रावती रंगशाला र गाउँपालिका भवनकाे उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै तामाङले साे कुरा बताएका हुन ।

‘माओवादी संग गठबन्धन गर्न कांग्रेस तयार छ, तर त्याे गठबन्धन सम्मानजनक हुनेछ’, तामाङले भने । साेहि कार्यक्रममै मन्तब्य राख्दै इन्द्रावती गाउँपालिका ७ का अध्यक्ष वीर बहादुर तामाङले नेपाली कांग्रेस संग गठबन्धन गर्ने तर सम्मान दिनुपर्ने कुरा राखेका थिए ।

भवन उद्वाटनकाे अवसरमा बाेल्दै तामाङले इन्द्रावतीमा सिंहदरवारकै झल्काे आउने गरि भवन बनेकाे बताए । ‘इन्द्रावतीमा शिक्षा, स्वास्थ्य, सडक, भवन, खानेपानी, खेलकुद लगायतकाे क्षेत्रमा बिकास भएकाे छ । बिकासकाे नमुना हेर्न इन्द्रावती गाउँपालिका जानू ‘, तामाङले भने ।

बिकासमा इन्द्रावती गाउँपालिका नचुकेकाे भन्दै उनले इन्द्रावतीमा भएकाे बिकासकाे प्रशंसा गरे । नेकपा एमालेले जितेकाे मेलम्ची नगरपालिकामा बिकासले फड्काे मार्न नसकेकाे उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!