नवलपुर । इन्द्रावती गाउँपालिकाको वडा नंं. ३ र ८ जोड्नेगरी सिपाखोलामा पुल निर्माण भएको छ । दुई वडा जानै वर्षौँदेखि सास्ती खेपीरहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका स्थानीयवासीहरूलाई सिपाखोलामा पुल बनेपछि सहज हुने भएकाे छ ।

बागमती प्रदेश सरकारको २ करोड ६० लाख रुपैयाँको लागतमा इन्द्रावती गाउँपालिकाको वडा नंं. ३ र ८ जाेड्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि इन्द्रावती ८ का स्थानीयलाई जिल्ला सदरमुकाम चौतारा जाने बाटो समेत छोटो हुनेछ । इन्द्रावती ३ का स्थानीयलाई भने नजिकको बजार सिपाघाट र राजधानी काठमाण्डौ जान सो पुलका कारण नजिक पर्नेछ ।

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाललकाे प्रमुख आतिथ्यता र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङकाे विशेष आतिथ्यतामा सो पुलको उद्घाटन भएकाे हाे । इन्द्रावती गाउँपालिका वडा नं. ८ को आयोजनामा उद्वाटन कार्यक्रम भएकाे वडा नं ८ का अध्यक्ष केदारनाथ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!