चाैतारा । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए ।

ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङ को साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर घर भित्रै मृत्यु भएको हाे ।

मिनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । घटना आज बेलुकी ७ बजेतिर भएको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!