मेलम्ची । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा बाढी पछिकाे पुननिर्माण अभियान्ता सागर कुमार श्रेष्ठको नेतृत्वमा सिंगो गाँउ नै कांग्रेस प्रवेश गरेको छ । मेलम्ची नगरपालीका वडा नम्बर ११ को दनुवार गाँउमा उनको नेतृत्वमा पार्टी प्रवेश गराईएको हो ।

नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै महाधिवेशन प्रतिनिधी एवं नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता श्रेष्ठले कम्युनिस्ट सरकारको झुठो कुराले आम नागरिकमा निराशा छाएको बताए । नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुख दुःखमा आफू सधैं साथमा रहने श्रेष्ठले प्रतिबद्वता ब्यक्त गरे ।

कम्युनिष्टको झुटको खेति बन्दगर्दै साच्चिकै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस भएकाले उनले यो पटक नेपाली कांग्रेसलाई भारी मत दिएर विजयी गराउनुपर्नेमा श्रेष्ठले जोड दिए । बिकासवादी पार्टि नेपाली कांग्रेसको चारतारे झण्डामुनी गोलबद्द हुन सम्पुर्णलाई उनले आव्हान समेत गरे ।

आफुले विगतको निर्वाचनमा काँग्रेसलाई मत नदिएपनी चुनाव जितेपछी जनतालाई चाहिने सबै बिकासका काम नेपाली कांग्रेसको स्थानिय सरकारले गरिदिएको तथा निर्वाचनमा मत नदिएपनी बिकासका काममा कांग्रेसले कुनै भेदभाव नगरेकोले अब जनताको पार्टी भनेको कांग्रेस मात्रै रहेछ भन्ने बुझेर कांग्रेस प्रवेश गरेको नव प्रवेशी एक स्थानीयले बताए ।

बाढीमा आफ्नै घर डुब्दा पनि नागरिक बचाउनुपर्ने भन्दै राहात बाेकेर मेलम्ची, हेलम्बु लगायत आसपासका क्षेत्रमा श्रेष्ठ पुगेका थिए । असार १ र साउन १६ काे बाढीका कारण डुबेकाे मेलम्ची पुननिर्माणमा उनकाे याेगदान रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!