मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादिको निर्वाचन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्तरिय निर्वाचन अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका महासचिव बेदुराम भुषालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी भुषाललले मताधिकारको सहि सदुपयोग गर्नको लागि विद्रोह गरेको बताए । केपी ओलीले जनमतलाई लत्याएर अघि बढ्ल खोजेकाले पनि यसमा बिद्रोह गर्नुपरेको उनले धारणा राखे । अब समाजबादीले कम्युनिस्ट आन्दोलनलाई एक बनाएर लैजाने पनि उनले जानकारी दिए ।

यसैबीच समाजबादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यले केपि ओलिले गरेको प्रवृति गलत भएको भन्दै मनमोहनको सिद्धान्तमा पार्टीका गतिविधि नभएको बताए । व्यक्तिवादि सोचबाट केपि ओलि ग्रसित भएको र नेकपा एमाले नीति र सिद्धान्तमा नचलेको आरोप लगाए ।

कार्यक्रममा समाजबादीका जिल्ला कमिटि अध्यक्ष नवराज पौडेलले जिल्लामा पहिलोपटक झण्डा उठांउदै गर्दा सकस भएको बताए । पार्टीको संगठनात्मक काममा सक्रिय रूपमा लागिरहेको पनि उनले जानकारी दिए । निर्वाचन नजिकिँदै गर्दा सबै वडामा कमिटि गठन गरिने र समाजवादीलाई कमजोर शक्तिको रूपमा नलिन समेत उनले चेतावनि दिएका छन ।

कार्यक्रममा समाजवादिका नेता उपेन्द्र तामाङले हिजोको दिनमा एमालेलाई जपताउन गरेको अथक प्रयास खेर गएको बताए । फेरिपनि मेलम्चीमा एमालेलाई जितेर देखाउन तामाङले चुनौती समेत दिए । बाढि गएको लामो समय भईसक्दा समेत स्थानिय सरकारले चासो नदिएको र बाढि पिडित सरोकार समितिले गरेको अभियानमा पनि स्थानीय सरकारले चासो नदिएकाले अब आफुले प्रभावितको हितका लागि काम गर्ने तामाङले बताए । यस्तै उनले समाजवादीमा आफू कुनै पदको लोभमा नआएको समेत जानकारी दिए ।

पार्टीका केन्द्रिय महासचिव बेदुराम भुषालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरू सुभाष कर्माचार्य, गम्भीरलाल श्रेष्ठ, भगवती नेपाल, सोम सापकोटा, इन्द्रमाया गुरुङ, प्रदेश सदस्यहरु यज्ञ सापकोटा, नानिराम चौलागाईं, भुजुङ लामा कुमार, जिल्ला अध्यक्ष नवराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!