नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका युवा नेता बासुदेव लम्सालले ईन्द्रावती ९ को वडा अध्यक्षमा दावी गरेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनि उद्योगी तथा व्यवसायी समेत हुन । लम्सालले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदकाे लागि नेपाली कांग्रेस बाट आफ्नाे उमेदवारी हुने बताएका हुन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश (क) का निर्वाचीत उपसभापती समेत रहेका लम्सालले आफ्नो दावेदरी प्रश्तुत गरेका हुन् । उनले सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । सामाजीक काम र वडाका नागरीकको जनाधारमा आफु बलीयो भएकाले उम्मेदवारी दावी गरेको लम्सालले बताएका छन् ।

‘पार्टीमा आबद्ध भएपछि टिकटको दावेदारी गर्नु स्वभाविक हो । कोरोना महामारीको समयमा वडा तहमै खटेर कार्य गरेको र स्थानीय युवा र पाकाहरुको माग अनुसार अगाडि बढेकाे हुँ’, उनले भने ।

अहिलेका युवामा काम गर्ने जोस, जाँगर र दीर्घकालीन भिजन हुने भन्दै लम्सालले आफुले नेतृत्व लिन खोजेको बताएका छन् । साथै उनले आफु वडाको बागडोर हाँक्न योग्य रहेको र पार्टीले आफुलाई टिकट दिन सकारात्मक रहेको समेत बताए ।

लम्सालले मुलुकको निकासको निमित्त युवाहरुले नेतृत्व लिनुपर्ने र विदेशिएका युवाहरुलाई गाउमै रोजगारी, गुणस्तरीय शिक्षा, खेलाडीहरुलाई उपयुक्त खेलमैदान र खेल प्रशिक्षक उपलब्ध गराउने, वृद्धवृद्धाको सम्मान, स्वास्थ्यको सबै नागरिक सामु पहुँच पुराउन, महिला, बालबालिका तथा अपाङ्गको उचित सम्मान, सबै भुभागमा उचित किसिमको भूगोलको माग अनुसारको बिकास निर्माणको निमित्त आफु सक्षम रहेकोले आफ्नो उम्मेद्बारी रहेको उनले सिन्धुप्रेस संगकाे कुराकानीमा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!