ज्यामिरे । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता चन्द्र बहादुर तामाङले मेलम्ची नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा दावी गरेका छन् ।

हालै सम्पन्न भएकाे नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट तामाङ मनाेनित जिल्ला समेत भएका छन । लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा रहेर सक्रिय रूपमा राजनीतिमा क्रियाशील रहेका तामाङले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् ।

यस अघि पनि नेपाली कांग्रेस सिन्धुपाल्चोककाे जिल्ला सदस्य पदमा रहेर लामो समय काम गरेका तामाङ नागरिककाे माझमा लोकप्रिय नेताको रुपमा चिनीएकाे नाम पनि हाे । लामाे समयदेखि वडामा क्रियासिल भुमीकामा रहेर तामाङले पार्टीको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलेका छन् । यस्तै पार्टीलाई संकट परेकाे र संगठन कमजाेर हुंदा पनि वडा तहमा रहेर संगठन बलियाे बनाउन तामाङ अहाेरात्र खटिरहेका छन् ।

तामाङले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । ‘पार्टीमा आबद्ध भएकाे लामाे समय भईसक्दा टिकटको दावेदारी गर्नु स्वभाविक हो ‘, तामाङले भने । भुकम्प, काेराेना र मेलम्चीमा आएकाे बाढिमा पनि सक्रिय रूपमा काम गरेका तामाङले भाेलि आफू वडामा निर्वाचित भएमा वडा तहमा रहेकाे आम नागरिककाे समस्यालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् ।

३८०० भन्दा बढि मतदाता संख्या रहेकाे वडा नम्बर ९ मा २०७४ काे निर्वाचनमा नेपाली कांग्रेसले जितेकाे थियाे ।
कुनै समयमा राप्रपाको बलियो पकड रहेको साे वडामा अहिले राप्रपा सबैभन्दा कमजोर शक्तिको रुपमा रहेको देखिन्छ भने एकीकृत समाजवादीको पनि उल्लेख्य उपस्थित देखिदैन । साे वडामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्र बिच मै कडा प्रतिस्पर्धा देखिन्छ । २०७४ को स्थानीय निर्वाचनमा अनपेक्षित नतिजा निकाल्दै कांग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेकाे थियाे ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा मेलम्ची ९ बाट वडा अध्यक्षमा १० जना आकांक्षी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!