
चाैतारा । सिन्धुपाल्चोक स्थानीय तहको निर्वाचन नजिकिए संगै राजनीतिक दलहरू को दौडधुप बढ्न थालेको छ। वैशाख १२ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका सार्वजनिक भए संगै राजनीतिक दलहरूले आफ्नो उम्मेदवार फाइनल गर्दै चुनावी मैदानमा होमिसकेका छन।
कांग्रेस ,एमाले,माओवादी ,समाजवादी को प्रभाव रहेको सिन्धुपाल्चाेकमा पनि वडा, पालिका अ-आफ्नो कब्जमा पार्न लाई चुनावी रणनीति बनाउदै गाउँ छिर्न थालिसकेका छ।
लिसङखुपाखर गाउँपालिका वडा ४ अत्तपुरमा पनि चुनावी रन्को लागिसकेको छ । कांग्रेस ले यस वडा मा आफ्नो उम्मेदवार छानिसकेको छ । माओवादी र एमालेले भने अझै उम्मेदवार टुंगाउन सकेको छैन।
लिसङखुपाखर-४ को वडाध्यक्ष का लागि कांग्रेस बाट यहि वडाका सभापति गौतम लामा सर्वसम्मतले वडाध्यक्षका उम्मेदवार बने । लामा घ्याङडाडा युवा क्लब का अध्यक्ष समेत हुन् । आफुले जनताको सेवामा समर्पित काम गरेको भएर जनताले आफुलाई वडाध्यक्षमा चुन्ने उनको दाबी छ। लामा भन्छन नमुना वडा र समृद्धि वडा बनाउने मिशन र भिजन सहित वडाध्यक्षको उम्मेदवार भएको छु मलाई मत हाली जिताइदिनुस । ‘स्थानीय स्रोत र साधन ,भौगोलिक समावेशीता,जनतामुखी सेवा प्रवाह तथा दिगो विकास गर्न मलाई जिताउनुस’, उनले भने।
०७४ सालको स्थानीय निर्वाचनमा माओवादी बाट कुमार लामा यस वडा को बागदोर सम्हाल्न पुगे । ‘म ढुक्क छु मैले अशक्त ,असहाय ज्यष्ठ नागरिक लाई सहयोग गरेको छु कोभिडको बेला आपतकालीन आइसोलेसन बनाएर जनताको सेवा मा समर्पित भएको छु त्यसैले वडाबासीको जिवनस्तर उकास्न मलाई जिताउनु होला’, लामाले भने।
लामा पुर्व कांग्रेस जिल्ला सदस्य समेत हुन् ।