नवलपुर । कृषि प्रणाली अब बैज्ञानीक बनाउनुपर्ने ईन्द्रावती गाँउपालीपकाका अध्यक्ष वशंलाल तामाङले बताएका छन । कृषक देशको मेरूदण्ड भएकाले परम्परागत खेती बाट आधुनिक खेतीमा कसरी लग्न सकिन्छ भनेर काम गरिरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

कृषिमा लगानी नगरी देशको बिकास र नागरीकको जिवनस्तर सुधार नहुने उनले बताए । ईन्द्रावती गाँउपालीकामा आज कृषकहरुलाई हाते ट्रयाक्टर वितरण कार्यक्रममा तामाङले सो कुरा बताएका हुन ।

ईन्द्रावती गाँउपालीकाको कृषि सेवा शाखाको आयोजनामा आज पालीकाका २७ जना अगुवा कृषकहरुलाई हाते ट्रयाक्टर वितरण गरीएको छ । आज एक कार्यक्रमका विच कृषि सहकारी र कृषक समुहले छनौट गरेर पठाएका कृषकहरुलाई कृषि सेवा शाखाले हाते ट्रयाक्टर वितरण गरेको हो ।

४५ जना लाभग्राहीको निवेदन गरेकोमा छनौट गरेर २७ जनालाई मिनिटिलर बितरण गरिएको र १८ जनालाई प्लाष्टिक र थोपा सिँचाई सेट सहितको ट्रस्ट टनेल बितरण गर्न लागिएकाे कृषी सेवा शाखा प्रमुख रवीना कोजुले जानकारी दिइन । गाँउपालिकाको ६० प्रतीशत अनुदानमा मिनिटिलर बितरण गरिएको र टनेल पनि ६० प्रतीशत अनुदानमै बितरण गरीएको कोजुले बताइन ।

ईन्द्रावती गाँउपालीकामा ब्यबसायीक तरकारी खेती प्रबर्धन गर्नको लागी पालीकाले योजनाबद्ध रुपमा कार्यक्रम ल्याएको कोजुकाे भनाइ थियाे । निर्वाहमुखी कृषि नभई ब्यबसायीक कृषि गर्न र पालिका लाई कृषिबाट समृद्व पालीका बनाउनको लागि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी वडा नं ८ का अगुवा कृषक रत्न प्रसाद चौलागाईले किसानले राज्यबाट केही पाएनौँ भन्ने ब्यक्तिको लागि यो कार्यक्रम फलदायी हुने बताए । साथै उनले पालीकाले ल्याएका यस्ता खाले कार्यक्रमले केही गर्छु भन्ने किसानहरुलाई थप हौसला मिल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!