नवलपुर । ईन्द्रावती गाँउपालीकाका किसानले अब प्रतीलटिर दुधमा २ रुपैंया अनुदान पाउने भएका छन् । ईन्द्रावती गाँउपालीकाको ९ औं गाँउसभाले किसानलाई प्रतीलीटर दुधमा २ रुपैंया अनुदान दिने निर्णय गरेको थियो । सो निर्णय अब कार्यान्वयमा आएको ईन्द्रावती गाँउपालीकाका अध्यक्ष वशंलाल तामाङले जानकारी दीए ।

गाँउपालीकामा रहेर दुध उत्पादन गर्ने किसानहरुलाई सहकारीमार्फत प्रतीलीटर दुधमा २ रुपैंया अनुदान दिने गाँउपालीकाले जनाएको छ । पालिकाबाट सबै कृषकलाई सहकारी मार्फत दूध संकलन गर्ने र दुध उत्पादन गर्ने कृषकलाई २ रूपैया अनुदान दिने लक्ष्य अनुरुप काम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

पालीकाले क्रियासिल रुपमा दुध संकलन गरीरहेका सहकारीहरुलाई अनुदान लीन अनुरोध गरेको थियो । सो अनुसार हारसम्म पालीकामा अनुदानका लागी श्री सर्वसुधार दुग्ध उत्पादक सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल १४ हजार ६९ लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले ३८ हजार १ सय ३८ रुपैंया अनुदान दिने भएको छ ।
यस्तै श्री खड्पेश्वर दुग्ध उत्पादक सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल ५४ हजार १ सय ८१.४ लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले १ लाख ३ सय ६२ रुपैंया अनुदान दिने भएको छ ।

ईन्द्रावती नयाँपानी एकिकृत कृषि सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल ४६ हजार २० लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले ९२ हजार ४० रुपैंया अनुदान दिने भएको छ ।
उता श्री सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल ३५ हजार २१.६ लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले ७० हजार ४३ रुपैंया अनुदान दिने भएको छ ।

श्री भिमटार पौवा दुग्ध उत्पादक सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल २७ हजार ४ सय ६२.२ लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले ५४ हजार ९ सय २४ रुपैंया अनुदान दिने भएको छ ।

यस्तै श्री बछलादेवी वहुउदेश्य सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल २२ हजार ३ सय ५ लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले ४४ हजार ६ सय १० रुपैंया अनुदान दिने भएको छ । श्री सुर्यकोट कफी सहकारी संस्था लीमीटेडले असोजदेखी माघसम्मको कुल २२ हजार ९ सय ६ज्ञ लीटर दुध संकलन गरेको छ भने सो संसस्थालाई पालीकाले ४५ हजार ९ सय २२ रुपैंया अनुदान दिने भएको छ ।

पालीकाभित्र रहेका श्री देउराली देवि दुग्ध उत्पादक सहकारी , श्री सुर्यकोट दुग्ध उत्पादक सहकारी र श्री बछलादेवी दुग्ध बिकास बहुउदेश्य सहकारी संस्थाको विवरण आउन बाँकी रहेको गाँउपालीकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।

गाँउपालीकाले किसानहरुको हीतका लागी १५ लाख सम्म लगानी गरि पसु पन्छी तथा माछापालन गर्ने किसानलाई ब्याजमा ५०% अनुदान साझेदारी कार्यक्रम समेत सन्चालन गरिएको पसु सेवा शाखा प्रमुख मिलन कुमार मोक्तानले जानकारी दिए । सो अनुदान १३ वटा पसुपन्छी पालन गर्ने फर्म लाई दिईएको उनले बताएका छन ।

यस्तै गाउँपालिकाले पसुपन्छी बिमा कार्यक्रम समेत सन्चालन गरिरहेको छ । पशु बिमा मार्फत पालीकाका पशुबस्तुको बिमा गर्न अधिल्लो बर्ष अभियान नै चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!