हेलम्बु । मेलम्चीको पानी आजदेखि सुरुङमा पुन पथान्तरण गरिएकाे छ । पहिलाे पटक पानी काठमाण्डाै पठाइएकाे ९ महिनापछि दाेस्राे पटक पानी पथान्तरण भएकाे हाे ।

खानेपानी मन्त्री उमाकान्त चाैधरीले आज अम्बाथान हेडबक्सकाे नं १ गेट बाट पानी पथान्तरण गरि ३८ नं काे गेट खाेलेर सुरूङमा पानी पठाएका हुन । आज पथान्तरण गरिएकाे पानी १५ देखि १७ दिनमा काठमाण्डाै पुग्ने मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक बासुदेव पाैडेलले जानकारी दिए ।

साे पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चाैधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाण्डाै पानी लैजाने सपना पूरा भएकाे बताए । बैशाखमा काठमाण्डाैबासीले मेलम्चीकाे पानी पिउन पाउने उनले जानकारी दिए ।

बाढीका कारण क्षती भएकाे हेसबक्सकाे स्ट्रक्चर उत्खनन् गरिरहेकाे र उत्खनन् पश्चात क्षतिकाे यकिन बिबरण आउने मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक बासुदेव पाैडेलले जानकारी दिए । अस्थाइ रूपमा पानी पठाउने याेजना अनुसार काम भएकाे र मेलम्ची खानेपानीलाई दिगाे गर्न सबैले हातेमालाे गर्न पर्ने पाैडेलले धारणा राखे ।

त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु बाट पानी काठमाण्डाै पठाउन हेलम्बुका जनताले सहयाेग गरेकाे बताए । “यहाँका जनताले पाउनुपर्ने लेभि पाओस र त्यस बाट पाउने २५ प्रतिशत लेभिले यय क्षेत्रकाे बिकासमा टेवा पुगाेस”, शेर्पाले भने । बाढीले हेलम्बुकाे बस्ती तहसनहस बनाएकाे र स्थानिय तह संग बस्ती संरक्षण गर्न रकम अभाव रहेकाे उनले बताए । हेलम्बुकाे बस्ती संरक्षणमा संघ सरकारले सहयाेग गर्नुपर्ने उनले बताए । यहाँका ब्यबसायीकाे ऋण मिनाहा गर्न उनले मन्त्री चाैधरी मार्फत सरकारकाे ध्यानाकर्षण समेत गराए । हेलम्बुका जनतालाई पुग्ने पानी छाेडेर मात्र काठमाण्डाै लैजान अध्यक्ष शेर्पाले आग्रह गरे ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । चिनियाँ कम्पनी सिनाे हाइड्राेले मर्मत गरे पश्चात् पानी पुन पथान्तरण भएकाे हाे । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो ।

गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!