मेलम्ची । नेपाल राष्ट्रिय शिक्षक संगठन, पाँच पोखरी थाङ्पाल गाउँपालिका समिति उपाध्यक्ष रामजी खनाल माथी अज्ञात समूह बाट हमला भएकाे छ ।

श्री भिम विद्याश्रम मा.वि, बाँसखर्कका शिक्षक समेत रहेका रामजी खनाल माथि हिजो मिति २०७८-१२-२८ गते बेलुकी तिपेनिबाट घर फर्किने क्रममा राति अज्ञात समूह बाट ज्यान लिने गरी साङ्घातिक हमला भएकाे हाे ।

आज एक विज्ञप्ति मार्फत नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शिक्षक खनाल माथी भएकाे साङ्घातिक हमला प्रति घोर भत्सर्ना र आपत्ति व्यक्त गरेकाे छ । “सो घटनाको तुरुन्त अनुसन्धान गरी घटनामा सङ्लग्न व्यक्तिहरुलाई कानूनी कार्वाहीका लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ ” अध्यक्ष मैया पौडेल र सचिव उद्वकुमार लामिछाने द्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!