
नवलपुर । रेडियाे मिसन १०५.३ मेगाहर्जकाे अध्यक्षमा निराजन चाैलागाई नियुक्त भएका छन । मिसन नेपाल सिन्धुपाल्चाेकका अध्यक्ष सन्ताेष सिग्देलले नवनियुक्त अध्यक्ष चाैलागाईलाई आज स्वागत गरे ।
सरकारी तथा गैह्रसरकारी संघसंस्थामा लामाे समय रहेर समुदायमा परिचित भएका चाैलागाईकाे प्रवेशले सम्पूर्ण टिम नै उत्साहित बनेको छ’ अध्यक्ष सिग्देलले भने, ‘नागरिकले भोग्नु परिरहेकाे वास्तविक समस्यालाई पहिचान गरि बेथितिमाथि निगरानी गर्ने काममा नयाँ नेतृत्वले ससक्त भुमिका निर्वाह गर्ने विश्वास लिएका छौं । अध्यक्ष सिग्देलले भने ।
नवनियुक्त अध्यक्ष चाैलागाईले संघिय संरचना पछिकाे देशकै पहिलाे सामुदायीक रेडियाेकाे नेतृत्व गरेर काम गर्न पाउनु आफ्नो लागि अवसर र चुनौती दुवै भएको बताए । कार्ययाेजना बनाएर रेडियाे लाई अघि बढाउने चाैलागाईले बताए । तथ्यांक संकलन गर्ने र रेडियाेकाे आर्थिक अवस्था समेत सुधार गरेर लैजाने उनले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष चाैलागाईले रेडियो मिसनलाई आगामी दिनमा अझै परिस्कृत गराएर लैजाने बताएका छन । नागरिककाे पहुंचलाई सहज बनाउन मेलम्ची बजारमा पनि सम्पर्क कार्यालय स्थापना गरिने उनले बताए ।
मुलुक संघियतामा गएपस्चात प्रदेश सरकार मातहतबाट स्वीकृति पाउने नेपालकै पहिलाे सामुदायिक रेडियाे, रेडियाे मिसन १०५.३ मेगाहर्ज सिन्धुपाल्चोक जिल्लाकाे ईन्द्रावति गांउपालिका नवलपुर, जिराेकिलाेबाट प्रशारणमा रहेकाे छ । “परिवर्तनका लागि सञ्चार” भन्ने मुल नाराकाे साथमा सुसासन, पारदर्शिता र जवाफदेहिताकाे सिद्धान्त अनुरूप रेडियोले आफ्नाे प्रशारण गरिरहेकाे छ ।