निरोज चौलागाईं ।

ताताेपानी । स्थानिय निर्वाचन २०७९ काे लागि सिन्धुपाल्चाेककाे उत्तरी नाका तातोपानीबाट मत पेटिका भित्रीएको छ। बिहिवार आज नाकाबाट ४ हजार बक्स मत पेटिका भित्रीएको हो।

स्थानीय निर्वाचन नजिकिएसगै चिनसंगकाे सीमा नाका तातोपानीबाट मत पेटिका भित्रीएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले मत पेटिका खरिदका लागि टेन्डर आह्वान गरेको थियोे । आयोगले ग्लोबल टेन्डर गर्दै ७८ हजार बक्स मत पेटिका खरिदको लागि टेन्डर गरेको निर्वाचन आयोगले जनाएको छ । मत पेटिका खरिद ग्यबियनेट इन्भेस्टमेन्ट सोलुसन प्राइभेट लिमिटेडले गरेको हो।

अहिले नाकाबाट ४ हजार बक्स मत पेटिका आईसकेको ढुवानी कर्ता कृष्ण श्रेष्ठले जानकारी दिए । ढुवानी कम्पनी सिल्क ग्रुपका कृष्ण श्रेष्ठले भने, ‘अहिले समान आयात भइरहेको छ आज मात्रै चार हजार बक्स मत पेटिका आएको छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!