
चाैतारा । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको गठबन्धनका दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको बसेको बैठकले गठबन्धन गर्ने निर्णय गर्दै स्थानीय तहको भागबण्डा समेत गर्ने भएका छन ।
स्थानीय तहको भागबण्डा गर्न आइतबार पार्टीका प्रमुख र केन्द्रीय सदस्यहरुको बैठक बस्ने जनाइएको छ ।