नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता नेत्र बहादुर बानियाँले ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा दावी गरेका छन् ।

हालै सम्पन्न भएकाे नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उनी वडा नम्बर ३ काे उपसभापति पदमा चयन भएका छन । लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा रहेर सक्रिय रूपमा राजनीतिमा क्रियाशील रहेका बानियाँले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकांक्षा व्यक्त गरेका हुन् ।

यस अघि पनि नेपाली कांग्रेस सिन्धुपाल्चोककाे विभिन्न पदमा रहेर लामो समय काम गरेका बानियाँ नागरिककाे माझमा लोकप्रिय नेताको रुपमा चिनीएकाे नाम पनि हाे । लामाे समयदेखि वडामा क्रियासिल भुमीकामा रहेर बानियाँले पार्टीको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलेका छन् । यस्तै पार्टीलाई संकट परेकाे र संगठन कमजाेर हुंदा पनि वडा तहमा रहेर संगठन बलियाे बनाउन उनी अहाेरात्र खटिरहेका छन् । उनले वडाका नागरिकलाई पर्ने हर समस्यामा नागरिकको साथमा रहेर काम गरिरहेका छन ।

११ औं महाधिवेशन पस्तात पार्टिमा आबद्ध रहि लामाे समय पार्टीको लागि काम गरेकाले यसपटकको निर्वाचनको लागि वडा अध्यक्ष पदमा दावेदारी गरेका हुन् । जनतामाँझ लाेकप्रिय रहेका बानियाँ अरू आकांक्षिभन्दा बलियाे उम्मेदवार रहेका छन् ।

बानियाँले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । ‘पार्टीमा आबद्ध भएकाे लामाे समय भईसक्दा टिकटको दावेदारी गर्नु स्वभाविक हो ‘, बानियाँले भने । भुकम्प, काेराेना जस्ता विपत्तिमा सक्रिय रूपमा काम गरेका बानियाँले भाेलि आफू वडामा निर्वाचित भएमा वडा तहमा रहेकाे आम नागरिककाे समस्यालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् ।

पार्टीको निर्वाचन परिचालन समितिमा बसेर काम गरिसकेकाे अनुभव समेत बानियाले बटुलिसकेका छन । कुञ्चाेककाे नेपाल तरूण दल अध्यक्ष र सेतिदेवि प्राविकाे विव्यास अध्यक्षकाे समेत जिम्मेवारी उनले सम्हालेका छन ।

जनताकाे समस्या समाधानमा सधै तत्पर रहेकाे उनले बताए । ‘म संग बलियाे जनाधार छ, युवा नेतृत्व आएमा समाजमा परिवर्तन आउँछ’, उनले भने ‘भैपरि आउने समस्यामा संधै वडाबासी संगै रहनेछु’ । वडा अध्यक्षमा निर्वाचित भएमा सिंहमतिलाई +२ बनाउने, आय आर्जन र जिविकाेपार्जनमा काम गर्ने लगायतका कुराहरू उनले अघि सारेका छन ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा इन्द्रावती ३ मा १४ जनाको उम्मेदवारी सिफारिस भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!